१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ५ आइतबार
  • Saturday, 28 September, 2024
२o७८ मङ्सिर ५ आइतबार १४:५३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश २ का नवनियुक्त दुई मन्त्रीद्वारा शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ५ आइतबार १४:५३:oo

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहबीच प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेका मन्त्रीद्वय महतो र यादवलाई शपथ खुवाएका हुन्।

शपथग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री महतोले विनाशको अवस्थामा रहेको चुरे संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले प्रदेशको नामकरण र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि आफूले जोड दिने बताए।

त्यसैगरी नवनयिुक्त मन्त्री यादवले प्रदेश र संघीयतालाई संस्थागत विकासको लागि कानुन निर्माणको काममा तीव्रता दिने बताए। मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई पदमुक्त गरेका थिए। मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई उद्योगसहित आफ्नोमातहतमा राखेको कानुन मन्त्रालय दिएका हुन्।