१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ३ शुक्रबार १o:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने भएकाले बार्नुपर्दैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १o:३२:oo

कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

चन्द्रग्रहण आंशिक रूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । नेपाली समयअनुसार दिउँसो १:०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४:३२ बजेसम्म देखिने जनाइएको छ ।

एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिने नेपाल एस्टाेनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । 

नेपालबाट विरलै छायाजस्तो भाग मात्र देखिने र नांगाे आँखाले त्यो पनि देख्न नसकिने उनको भनाइ छ । यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ । रासस