मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार ११:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीले बल प्रयोग गर्दा आधा दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार ११:५४:००

सर्वोच्च अदालत परिसरमा जारी नेपाल बार एसोसिएसनको धर्नामा प्रहरीले बल प्रयोग गर्दा आधा दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएका छन्। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जनसहित कम्तीमा सात कानुन व्यवसायी घाइते भएका हुन्। 

घाइते हुनेहरूमा कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा र ऋषिराम घिमिरे पनि रहेका छन्। घाइते भएका बार केन्द्रीय सदस्य महर्जनलाई उपचारका लागि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ। उनको टाउको, छाती र खुट्टामा चोट लागेको ललितपुर बारका सदस्य बाबुकृष्ण महर्जनले जानकारी दिए। उनका अनुसार अस्पतालले घाइते महर्जनको सिटी स्क्यान र एक्स–रे गर्ने तयारी गरेको छ।

कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जारी आन्दोलनलाई थप सशक्त ढंगले अघि बढाउने चेतावनी दिएका छन्।

तस्बिरहरु : अमुल थापा