मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी अमेरिका
२०७८ मङ्सिर १ बुधबार २१:३४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाले के गर्छ बेइजिङ ओलम्पिक ?

Read Time : < 1 मिनेट
एजेन्सी अमेरिका
२०७८ मङ्सिर १ बुधबार २१:३४:००

चीनले सन् २०२२ मा आयोजना गर्न लागेको ‘बेइजिङ विन्टर ओलम्पिक्स’बारे विश्वमा चर्चा परिचर्चा चलिरहँदा अमेरिकाले भने बहिष्कार गर्ने भविष्यवाणी हुन थालेको छ । द वासिंटन पोस्टले विभिन्न अमेरिकी स्रोतहरूलाई उद्धृत गर्दै दिएको समाचारअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङ ओलम्पिकमा अमेरिकी सहभागिता नहुने घोषणा चाँडै नै गर्दै छन् । अमेरिकी सिनेटरहरूले बाइडेनलाई यसका लागि दबाब दिँदै आएका छन् ।
 
‘बाइडेन प्रशासनले ढिलोचाँडो घोषणा गर्दै छ कि बेइजिङ ओलम्पिकमा बाइडेन वा कोही अमेरिकी सरकारी अधिकारीहरू सहभागी हुने छैनन्’ वासिंटन पोस्टमा जोस रोगिनले लेखेका छन् ।  उनका अनुसार मानवअधिकारका सन्दर्भमा अमेरिकी चासो सम्बोधन नभएका कारण अमेरिकी सहभागिता नरहने भएको हो । चीनले भने आन्तरिक मामिलामा अमेरिकाले अनावश्यक चर्चा गर्ने गरेको भन्दै अमेरिकी आरोपको प्रतिवाद गर्दै आएको छ । 

ह्वाइटहाउसले यसबारे निर्णय गरिसकेको छैन । वासिंटन पोस्टका अनुसार दुई साताभित्र यसबारे निर्णय हुनेछ । हालै अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्चुअल वार्ता भएको थियो तर यसबारे चर्चा भएको थिएन । अमेरिका र चीनबीच मानवअधिकारका विषयहरूमा आरोप प्रत्यारोप चल्दै आएको छ । चीनले अमेरिकालाई अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भन्दै सचेत गराउँदै आएको छ ।