१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १ बुधबार
  • Saturday, 22 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १ बुधबार १२:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : ललितपुरमा राणा प्यानलले लगायो उम्मेदवारको टुंगो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १ बुधबार १२:४७:oo

ललितपुरमा उदयशमशेर राणाको प्यानलले उम्मेदवारको टुंगो लगाएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेश नजिकिँदै गर्दा राणाको प्यानलले उम्मेदवारको टुंगो लगाएको हो।

ललितपुरमा क्षेत्र नं. १ (क) र (ख)को अधिवेशन मंसिर ३ गते हुँदै छ। क्षेत्रको अधिवेशन मंसिर ६ गतेलाई तोकिएको छ। उक्त अधिवेशनलाई मध्यनजर गर्दै मंगलबार उम्मेदवारको विषयमा छलफल भएको थियो। उदयशमशेर राणा, मीनकृष्ण महर्जन, गणेश केसी, ऋषिराम फुँयाल र पुरुषोत्तम सिलवाल पक्षको छलफलपछि उम्मेदवार टुंगो लगाइएको नेपाली कांग्रेस बागमती प्रदेशका तरुण विभाग सचिव उमेश कायस्थले जानकारी दिए। उनका अनुसार ललितपुर क्षेत्र नं. १ बाट क्षेत्रीय सभापतिका लागि मानिखेलका सुन्दरमान थिङलाई अघि सारिएको छ। यस्तै, क्षेत्र नं. १ प्रदेश (क) सभापतिको लागि मिलन सिलवाल र प्रदेश (ख) सभापतिमा ज्ञानबहादुर लोलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलमा मदनबहादुर अमात्य र उदयशमशेर राणा दुई खेमामा विभाजित छन्। स्रोतका अनुसार अमात्यले हाल गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई जिल्ला सभापतिको उम्मेदवार बनाउने तयारी गरेका छन्। यता उदयशमशेरको प्यानलबाट मीनकृष्ण महर्जन जिल्ला सभापतिको उम्मेदवार बन्ने बताइएको छ।

नेपाली कांग्रेस ललितपुरका अनुसार ललितपुर (क) को अधिवेशन चापागाउँस्थित वेलकम पार्टी प्यालेसमा गर्ने तयारी गरिएको छ।

ad
ad
ad
ad