१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३० मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३० मंगलबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कानुन व्यवसायी भन्छन्– प्रधानन्यायाधीशले आफ्नै घर मिलाउन सक्नुभएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३० मंगलबार ११:३२:oo

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्यायालयको नेतृत्व गर्न असफल भएको बताएका छन्। बारको जारी धर्नापछिको कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले आफ्नै घर चलाउन नसकेको बताएका हुन्।

‘बार आन्दोलनलाई सडकबाट आन्दोलन गर्दैमा राजीनामा दिन्छु ! भन्ने प्रधानन्यायाधीशले विज्ञप्तिमार्फत बारलाई एउटै घरको सदस्यको रूपमा स्विकार्नुभएको छ। तर, उहाँले आफ्नै घर मिलाउन सक्नुभएन,’ पौडेलले भने।

यसैगरी बारका केन्द्रीय सदस्य पञ्चनारायण मण्डलले देशव्यापी राजीनामा माग भएको भन्दै प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए। उनले भने, ‘बार आन्दोलनमा दैनिक प्रहरी दमन गरिन्छ। देशव्यापी रूपमा राजीनामा मागिएको छ। उहाँले राजीनामा गर्नुपर्छ।’ बारकी अर्की केन्द्रीय सदस्य कल्पना भण्डारीले जबरा न्यायालयको गरिमा जोगाउन असमर्थ रहेको आरोप लगाइन्।

धर्नापछिको कार्यक्रममा बोल्दै अधिवक्ता मनीषकुमार श्रेष्ठले न्याय किन्न नसक्नेहरूको पक्षमा बार आन्दोलन भएको दाबी गर्दै बार र बेन्चको सम्बन्ध दियो र बत्तीजस्तो हुनुपर्ने स्पष्ट पारे। उनले भने, ‘बार र बेन्चको सम्बन्ध दियो र बत्तीजस्तो हो। नोकर र दासको होइन। न्यायपालिकाको सेना र प्रहरी भनेको कानुन व्यवसायी हुन्।’

ad
ad
ad
ad