१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २८ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २८ आइतबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कार्यसमिति बैठक चार घन्टा ढिलो गरी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २८ आइतबार १६:५९:oo

प्रमुख सत्तारुढ दल कांग्रेसको कार्यसमिति बैठक चार घन्टा ढिलो गरी सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक झन्डै साँझ ५ बजे सुरु भएको हो । 

बैठकमा पार्टी महाधिवेशनको विषयमा छलफल हुनेछ । सुरेन्द्र पाण्डे संयोजकत्वको आवास तथा भोजन व्यवस्थापन समिति प्रस्ताव गरिएको छ ।  प्रदेश समन्वय गर्न समितिमा कृष्ण सिटौला प्रदेश १, रमेश रिजाल प्रदेश २, प्रकाशमान सिंह बागमती, गोपालमान श्रेष्ठ गण्डकी, बालकृष्ण खाण लुम्बिनी, जीवनबहादुर शाही कर्णाली र दिलेन्द्र बडु सुदुरपश्चिम रहने प्रस्ताव छ ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवासमा सारिएको थियो ।