नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन्। पश्चिमका उच्च हिमाली जिल्लादेखि पूर्वीका पहाडी जिल्लाका विभिन्न कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण रक्तचाप बढेपछि प्रचण्ड ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए।