मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक २६ शुक्रबार २०:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान राम्रो भए पनि असल अभ्यास नहुँदा  उतारचढाव व्यहोर्नुपर्‍यो : सभामुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक २६ शुक्रबार २०:२०:००

सभामुख अग्निप्रसाद सापकोटाले संविधान राम्रो भए पनि असल अभ्यास गर्न नसक्दा अनेकौँ उतार चढाव व्यहोर्नुपरेको बताएका छन् । शुक्रबार संघीय संसद् सचिवालयद्वारा आयोजित संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा उनले  लोकतन्त्रको असल अभ्यास गर्न सकियो भने अहिले हाम्रो सबैभन्दा ठूलो उपलब्धि त्यही हुने उल्लेख गरे। 

सापकोटाले पत्रकारिता र संसद् लोकतन्त्रको आत्मा भएको बताए। ‘लोकतन्त्र भनेको प्रवचन, उपदेश र निर्देशन गर्ने विषय नभई ज्ञानको धारा हो ।’ संविधान राम्रो भए पनि असल अभ्यास गर्न नसक्दा अनेकौँ उतारचढाव व्यहोर्नुपरेको उल्लेख गर्दै उनले  पत्रकारिताको तागत र शक्तिलाई आफूले  गहिरो ढंगबाट बुझेको उल्लेख गरे।