नेपाल बार एसोसियसनले आफ्नो आन्दोलनमा सर्वाेच्च परिसरमा सुरक्षाकर्मीको परिचालन बढाइएको भन्दै रोक्न चेतावनी दिएको छ। विगत केही दिनदेखिको आन्दोलनका क्रममा बार आन्दोलनमा सुरक्षाकर्मी प्रयोग गरेर आन्दोलन दबाउन खोजिएको भन्दै बारले विज्ञप्ति निकालेर विरोध जनाएको हो।
बारका महासचिव लिलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा सुरक्षाका नाममा कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशको बाटोसमेत बन्द गरेर अबरोध गरेको भन्दै यस्ता गतिविधि रोक्न चेतावनी दिइएको छ।
बारले अदालतका सहयोगीको रूपमा काम गरिरहेका बारमाथि भइरहेका यस्ता गतिविधिले प्रधानन्यायाधीश जबराको राजीनामाको औचित्य थप पुष्टि भएको निष्कर्ष निकालेको छ। ‘यसबाट पनि न्यायपालिका प्रमुखको तत्काल राजीनामाको औचित्य थप पुष्टि भएको छ,’ विज्ञप्तिमा भनिएको छ।