मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २५ बिहीबार १८:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १८:o२:oo

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ। बैठकले २७ र २८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

एमालेसहितका विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकाको जिम्मेवारी र भूमिकाबारे बैठकले निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्ने खतिवडाले बताए। 

बैठक काठमाडौं नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ ।