१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Saturday, 28 September, 2024
२o७८ कार्तिक २५ बिहीबार १४:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओखलढुंगामा छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १४:४o:oo

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ। छाडा कुकुरले खसी–बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो।

पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवैखाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताए। उनले हर्ट नेपालसँगको सहकार्यमा गत वर्षबाटै यो अभियान थालिएको र प्रभावकारी देखिएकाले यो वर्ष पनि छाडा कुकुर बन्ध्याकरण गरिएको जानकारी दिए।  

‘बन्ध्याकरण र खोप लगाएपछि कुकुर सुधो बन्ने, हत्तपत्त नटोक्ने, बच्चा नजन्माउने र जथाभावी नहिँड्ने भएकाले बन्ध्याकरण तथा खोप लगाउन थालिएको हो,’ उनले भने, ‘भुस्याहा कुकुर नियन्त्रण नगरपालिकालाई निकै चुनौती बने पनि बन्ध्याकरणको विकल्पले सहजता दिलाएको छ।’ 

छाडा कुकुरले गत वर्ष मात्रै सदरमुकाम आसपासका किसानका दुई दर्जनभन्दा बढी खसीबाख्रा मारेको थियो। सडकमा हुलै बाँधेर हिँड्ने र मोटरसाइकल तथा पैदलयात्रीलाई लखेटेर टोक्ने भएकाले बिहान बेलुका हिँडडुलमा पनि जोखिम बढेको थियो। 

दुई सय छाडा कुकुरलाई हालसम्म बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ। कुकुरको आतंक कम गर्न बन्ध्याकरणले योगदान पुगेको स्थानीयले बताएका छन्।