मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक २५ बिहीबार o६:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धनकुटामा दोस्रो एभोकाडो महोत्सव हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार o६:२१:oo

धनकुटामा दोस्रो एभोकाडो महोत्सव हुने भएको छ । धनकुटा एभोकाडो कृषक समूहले मंसिर ४ र ५ गते महोत्सव आयोजना गर्न लागेको हो ।  धनकुटा नगरपालिकाको सहआयोजनामा हुन लागेको महोत्सवमा ५० वटा स्टल रहने आयोजकले जनाएका छन् । धनकुटा बजारको परिचय मोडस्थित एभोकाडो स्तम्भ भएको स्थानमा हुने महोत्सवको पहिलो दिन किसान तथा व्यापारीहरूको एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिने जनाइएको छ । 

दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरूबीच एभोकाडोको प्रवद्र्धनका विषयमा अन्तत्र्रिmया कार्यक्रम गरिने आयोजक संस्था तथा समूहका अध्यक्ष खेमराज थापाले जानकारी दिए । महोत्सवको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले यो वर्ष एभोकाडो प्रवद्र्धन कार्यक्रमका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

एभोकाडो प्रवद्र्धन कार्यक्रम अब कृषकहरूले लिनुपर्ने बताउँदै मेयर तामाङले नगरपालिकाले खेतीसम्बन्धी आउने समस्याका लागि विज्ञहरूको छुट्टै परामर्श केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिए । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले महोत्सवले एभोकाडोको प्रवद्र्धनमा टेवा पुग्ने बताए । एभोकाडो खेती धनकुटा नगरपालिकाले गरेको सबैभन्दा उपलब्धिमूलक कार्य रहेको उनको भनाइ छ ।