मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २४ बुधबार २०:५१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्यास प्रतिसिलिन्डर १,५७५ रुपैयाँ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २४ बुधबार २०:५१:००

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको हो। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको छ। अब ग्यास प्रतिसिलिन्डर १,५७५ रुपैयाँ पुगेको छ। 

अब पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मटितेल प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ। आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याएको छ। 

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ।

 

 

 

 

 

बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।  निगमले गत १२ कात्तिकमा पनि मूल्य बढाएको थियो ।