१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १२:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महाधिवेशनमा टिमसहित सभापतिमा लड्छु : नेता सिटौला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १२:१४:oo

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४औँ महाधिवेशनमा आफू टिमसहित सभापतिको उम्मेदवार  बन्ने बताएका छन्। गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा शान्तिबाटिकामा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

महाधिवेशनमा देउवालाई सघाउने या आफैँ उम्मेदवार बन्नुहुन्छ भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन्। ‘सभापतिज्यूको कुरा उहाँलाई नै सोध्नुहोस् । म टिमसहित सभापतिमा उम्मेदवारी दिन्छु,’ सिटौलाले भने। 

अर्को प्रसंगमा नेता सिटौलाले सत्तारुढ गठबन्धनले बनाएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको राजनीतिक समन्वय समितिले सरकारको कामलाई राजनीतिक रूपमा सघाउने बताए । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलसँग सहकार्य गरिने उनको भनाइ थियो।  प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा जित्ने आधार नदेखेपछि गठबन्धनको विरोध गरेको उनको आरोप थियो।

ad
ad