Skip This
राष्ट्रपतिको मृत्युपछि इरानको राजनीतिक भविष्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
अली मामौरी
२o८१ जेठ १३ आइतबार १o:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

राष्ट्रपतिको मृत्युपछि इरानको राजनीतिक भविष्य

Read Time : > 2 मिनेट
अली मामौरी
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १o:१८:oo

इरानी राजनीतिक प्रणालीमा एउटा मुख्य खेलाडी गुमाउँदैमा ठूलो अवरोध उत्पन्न हुँदैन, किनभने यहाँ शून्यता भर्न थुप्रै नेता तयार छन्

राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि इरानका लागि चुनौतीपूर्ण समयमा आएको छ । एक प्रमुख एवं सम्भ्रान्त राजनीतिक व्यक्तित्वका रूपमा रइसीले घरेलु नीति र क्षेत्रीय सम्बन्ध सुधार गर्ने प्रयासमा उल्लेखनीय प्रभाव पारेका थिए । उनको अनुपस्थितिले इरानको आन्तरिक मामिला र त्यहाँको क्षेत्रीय कूटनीति दुवैलाई असर गर्नेछ ।

कोलाहलयुक्त समयमा स्थिरताको चुनौती : रइसीको पुरातनपन्थी सरकारको सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँग घनिष्ठ सम्बन्ध थियो, जुन अघिल्ला सरकारमा थोरबहुत तनावयुक्त हुने गर्थ्यो । रइसीलाई ८५ वर्षीय खामेनीका सम्भावित उत्तराधिकारीका रूपमा पनि हेरिएको थियो र पुरातनपन्थी वृत्तमा उनको महत्वपूर्ण प्रभाव थियो । उनको दोस्रो कार्यकाल समाप्त हुनुभन्दा एक वर्षअगाडि नै रइसीको मृत्यु हुँदा इरान घरेलु, क्षेत्रीय र अन्तर्राष्ट्रिय चुनौतीको सामना गर्दै छ ।

इरानले आफ्नो आणविक कार्यक्रमलाई लिएर गम्भीर अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ, जसले अर्थव्यवस्थालाई गम्भीर क्षति पुर्‍याएको छ । यसले इरानी जनताको जनजीविकामा समेत गम्भीर असर पारिरहेको छ । सेप्टेम्बर २०२२ मा महसा अमिनीको नैतिक प्रहरीद्वारा गिरफ्तारीपछि भएको मृत्युले देशमा ठूलो विरोध प्रदर्शन निम्त्यायो र आर्थिक संकट एवं सरकारी नीतिविरुद्ध पनि स्थानीयस्तरमा विरोध प्रदर्शन जारी नै छ । यही मार्चमा भएको संसदीय चुनावमा इरानको इतिहासमै सबैभन्दा कम मतदाताले मतदान गरे । जसले इरानी सत्ताको वैधानिकतालाई चुनौती दियो । रइसीको मृत्यु भएको ५० दिनभित्र अनिवार्य रूपमा नयाँ निर्वाचन गर्नुपर्ने प्रावधानले इरानमा थप तनाव बढाएको छ । यसबाहेक इजरायलसँग बढ्दो छद्म युद्धले सुरक्षा चिन्ता खडा गरेको छ । उसो त इरानी राज्य समाचार एजेन्सी आइआरएनएले हेलिकोप्टर दुर्घटना ‘प्राविधिक विफलता’का कारण भएको जनाए पनि हेलिकोप्टर दुर्घटनालाई लिएर विभिन्न षड्यन्त्रका सिद्धान्त फैलिइरहेका छन् ।

यी चुनौतिका बाबजुद इरानमा शक्ति गतिशीलताको प्रकृतिका कारण सत्ता हस्तान्तरणले देशको स्थिरतामा उल्लेखनीय प्रभाव पार्ने सम्भावना छैन । इरानी राजनीतिक प्रणालीमा सर्वोच्च नेताको निर्देशनमा चल्ने धेरै अन्तरसम्बन्धित वृत्त छन्, अर्थात् एउटा मुख्य खेलाडी गुमाउनुले ठूलो अवरोध उत्पन्न गर्दैन, किनभने शून्यता भर्न तयार थुप्रै अन्य नेता छन् ।

उपराष्ट्रपति मोहम्मद मोख्बेरले नयाँ निर्वाचन नभएसम्म कार्यवाहक राष्ट्रपतिको पदभार ग्रहण गरेका छन् । सर्वोच्च नेताको नजिकको पुरातनपन्थी भित्रिया वृत्तले न्यूनतम चुनौतीसँग सहज समाधान गर्ने लक्ष्य राख्दै चुनावका लागि आफ्नो मनपर्ने उम्मेदवार चयन गर्नेछ । खामेनीले एक्स (पहिले ट्विटर) मा ‘राष्ट्रले चिन्तित हुनु आवश्यक छैन, किनभने देशको सरकार सञ्चालनमा अवरोध हुनेछैन’ भनेका थिए ।

यद्यपि इस्लामिक गणतन्त्र इरानमा नेतृत्वको ऐतिहासिक विश्लेषणले पुरातनपन्थी र सुधारवादीबीचको शक्ति परिवर्तनको पुनरावृत्ति देखाउँछ, जसले इरानी राजनीतिमा सन्तुलनको भावना सिर्जना गर्छ र शासनको सार्वजनिक वैधतालाई प्रोत्साहन गर्छ । तसर्थ, रइसीको उत्तराधिकारीलाई पुरातनपन्थी भित्रिया वृत्तबाट मनोनयन र समर्थन भए पनि उत्तराधिकारीले केही हदसम्म मध्यमपन्थी अडान लिन सक्छन् । वर्तमान संसद्का सभामुख मोहम्मद बगेर गालिबाफ वा पूर्वसभामुख अली लारिजानीजस्ता व्यक्तित्व (दुवै नरम पुरातनपन्थी हुन्) मध्यपन्थी अडान लिनेमा पर्न जान्छन् ।

इरानका छिमेकीका लागि यसको अर्थ : आफ्नो कार्यकालमा रइसीले देशको परराष्ट्र नीतिलाई मध्यपूर्वतर्फ थप प्राथमिकतामा राखेका थिए । यसले युरोपेली देशसँगको सम्बन्ध सुदृढ गर्ने र अन्य पश्चिमी राष्ट्रसँगको सम्बन्धलाई सामान्य बनाउन प्राथमिकता दिने आफ्ना पूर्ववर्ती हसन रुहानीभन्दा फरक मार्ग अपनाइएको संकेत गर्‍यो । उदाहरणका लागि रइसीको राष्ट्रपतित्वको समयमा इराकले इरान र साउदी अरेबियाबीच वार्ताको पाँच चरणको कार्यक्रम आयोजना गरेको थियो र अन्ततः सन् २०२३ को सुरुवातमा दुवै साउदी अरेबिया र इरानबीचको सम्बन्ध ऐतिहासिक रूपमा मेलमिलापतर्फ ढल्कियो । तत्कालीन इराकी प्रधानमन्त्रीको रणनीतिक सञ्चारका पूर्वसल्लाहकारका नाताले इरान आफ्ना छिमेकीसँग रणनीतिक, दीर्घकालीन, बलियो सम्बन्ध स्थापना गर्न उत्सुक थियो भन्ने कुरा मेरा लागि स्पष्ट भयो । यी वार्ता संवादको नतिजाले यमनमा लामो गृहयुद्धको अन्ततः अन्त्य भयो, सिरियासँग अरब देशको सम्बन्धलाई सामान्य बनाउन मद्दत गर्‍यो र इराकमा स्थिरता बढाउन योगदान पुर्‍यायो ।

यसबाहेक इरानले हालै जोर्डन र इजिप्टसँग पर्याप्त संवाद गरेको छ, जसलाई इराकले फेरि समन्वय गरेको थियो । यी पहलले यस क्षेत्रमा लामो समयदेखि प्रभुत्व जमाएका साम्प्रदायिक द्वन्द्व निमिट्यान्न पार्ने र ठूलो सहयोगका लागि आधार तयार गर्ने मौका प्रदान गरेको थियो । इरान रइसीको राष्ट्रपतित्वमा चीन र रुस दुवैसँग नजिक भएको थियो, जसले सर्वोच्च नेताले समर्थन गरेको ‘पूर्वतर्फ हेर रणनीति’को दीर्घकालीन परिवर्तन झल्काउँछ । यद्यपि इरानले रुहानीको कार्यकालको तुलनामा विभिन्न रणनीति प्रयोग गर्दै आफ्नो आणविक कार्यक्रममा पश्चिमी शक्तिसँग वार्ता जारी राखेको थियो ।

नयाँ राष्ट्रपतिको नेतृत्वमा इरानको विदेश नीति साविककै जस्तो रहने देखिन्छ । हेलिकोप्टर दुर्घटना (जहाँ वर्तमान विदेशमन्त्रीको ज्यानसमेत गएको थियो) पछि कार्यवाहक विदेशमन्त्रीमा अली बगेरी कानीको नियुक्तिले नीतिको निरन्तरतालाई बलियो बनाउँछ । रइसीको नेतृत्वमा आणविक वार्तामा प्रमुख भूमिका निर्वाह गरेका कानी देशको स्थापित परराष्ट्र नीतिको दिशामा पंक्तिबद्ध छन् । यसबाहेक इरानको छिमेकीसँगको घनिष्ठ सम्बन्धले अलगावबाट थप स्थायी परिवर्तनको संकेत गर्छ । अर्थात्, सम्भवतः छोटो अवधिमा सुधार जारी नै रहनेछ ।

(मामौरी डेइकिन विश्वविद्यालयमा मध्यपूर्व अध्ययनका अनुसन्धाता हुन्) 
द कन्भर्सेसनबाट

ad
ad
ad
ad