१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सल्यान बस दुर्घटना : १२ को मृत्यु, २३ घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:४७:oo

सल्यानमा आइतबार भएको बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ।  शारदा नगरपालिका दुलधारा पोखराबाट तुलसिपुरका लागी छुटेको ना १ ख २५५२ नम्वरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउपालिका ५ खारखोलामा दुर्घटनामा परेको थियो।  

दुर्घटनामा परी सल्यान जिल्ला शारदा नगरपालिका १२ का हाल तुलसिपुर ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका २ बस्ने ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका ३ बस्ने ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी १ काभ्राकी २४ वर्षीया मिना शाही, बबइ गाउपालिका ४ दाङ बस्ने ६० वर्षीया डुली रेउलेको ज्यान गएको छ।  

यस्तै ववइ गाउपालिका ६ पञ्चकुलेकी ७० वर्षीया कलावली बुढाथोकी, घोराही नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, छत्रेश्वरी २ का २९ वर्षिय तिलक वली , शान्तिनगर दाङकी ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङका ५ वर्षिय सुरज वलीको पनि ज्यान गएको छ।  दुर्घटनामा ज्यान गुमाएका २ जनाको सनाखत भइनसकेको जिल्ला प्रहरी प्रमुख डियसपी गोविन्द थापाले बताए।  मृतक मध्ये १० महिला छन्।  

घाइतेलाई हेलिकोप्टरबाट उद्धार
दुर्घटनामा परि ८ जनाको घटनास्थलमै र बाँकीको श्रीनगर र खलंगामा उपचारको क्रममा ज्यान गएको थियो।  गाडिमा ४१ यात्रु सवार रहेको डियसपी थापाले बताए।  घटनामा घाइते भएका मध्ये गम्भिर ८ जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगिएको छ।  

घाइतेहरुलाई थप उपचारको लागी तिन लटमा नेपाली सेवाको हेलिकोप्टरबाट कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले बताइन।  १५ घाइतेहरुको घाइतेहरूको तुलसिपुर, सल्यानको श्रीनगर र जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ।  

अस्पतालमा ठाउँ अभावका कारण उपचारमा समस्या समेत भएको थियो।  सामान्य घाइते ५ जना भने उपचार पछि डिस्चार्ज भएको प्रहरीले बताएको छ। बसमा तिहार मनाएर फर्किन लागेका महिला र बालबालिका बढि थिए।  चालकको लापरवाहि नै दुर्घटनाको मुख्य कारण भएको अनुमान प्रहरीको छ। तीब्र गतिका कारण सजिलो ठाउँमा पनि दुर्घटना हुन पुगेको प्रारम्भिक अनुमान प्रहरीको छ।  तर घटनाबारे थप अनुसन्धान गरेर दुर्घटनाको कारण पहिचान गर्ने डिएसपी थापाले बताए।  चालक भने घटना पछि फरार छन्।  

यात्रुहरुले पने गाडि चालकले मदिरा सेवन गरेको जस्तो देखिएको बताएका छन्।  सामान्य घाइतेहरुले तीब्र गतिमा चलाएका कारण घटना भएको बताएका छन्।  लुहामबाट चढेकी घाइते हिरा कुमारी बोहराले गाडि पल्टिनु भन्दा पहिले अर्को ठाउँमा पनि दुर्घटनाबाट बचेको थियो। चालकको लापरबाहीले ठूलो दुर्घटना हुन पुगेको उनले बताइन।   

ad
ad