मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १९ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १९ शुक्रबार १६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी पास गर्छाैँ भनेर पत्र पठाएका छैनौँ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १९ शुक्रबार १६:१७:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी पास गर्छौँ भनेर चिठी नपठाएको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेपछि तरंग आएको बताउँदै उनले देशमा सबै दलहरूसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाई यसलाई पारित गर्न नसकिने बताए।

‘शेरबहादुर जीले कहाँ के बोल्नुभएछ। देशैभरि तरंग पैदा भएको छ। एमसिसी पास गर्न चिठी पठायौँ भनेर भन्नुभएछ,’ उनले भने, ‘पछि उहाँले त्यसो त भनेको होइन भनेर भन्नुभयो। सबै दलहरूसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन। त्यसका लागि हामीलाई समय पनि चाहिन्छ। हामी छलफल गर्छौँ समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ भन्ने उपाय निकाल्छौँ भनेर लेखेको चिठी लेखेको हो। हामी पास गर्छौँ भनेर लेखेको चिठी होइन।’

अमेरिका वा बेलायतले वा विकसित देशले दिएको सहयोग नलिने भन्ने नीति नरहेको उनले बताए। एमसिसी सम्झौताको समयमा संसदमा लगेर ऐनसरह हुने सहमति नभएको बताए। पछि संसदमा लैजाने भन्ने थपिएपछि त्यसको पछाडिको रहस्य के हो भन्ने भयो र विवाद बन्न आएको उनले बताए। ओरिजिनल सहमतिसँग डराउनुनपर्ने बताउँदै उनले भने, ‘बीचमा थपिएका कुराले नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने भन्ने आम जनतालाई लागि सकेपछि यसलाई संशोधन नगरी पास गर्न सकिँदैन।’