Skip This
एमाले महाधिवेशन : २७ कात्तिकमा एक हजार नौ सय ९९ प्रतिनिधि चयन गरिँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक १७ बुधबार o७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले महाधिवेशन : २७ कात्तिकमा एक हजार नौ सय ९९ प्रतिनिधि चयन गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार o७:३५:oo

एमालेले दशौँ महाधिवेशनमा चुनिने प्रतिनिधि छनोटका लागि मापदण्ड बनाएर निर्देशन दिएको छ । आगामी १० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा एक हजार नौ सय ९९ जना प्रतिनिधि चयन गर्दै छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका १२ सयसम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीनजनाका दरले प्रतिनिधि छनोट हुने र त्यसभन्दा माथि प्रत्येक आठ सय सदस्यबाट थप एकजना पुरुष र एक महिला चुन्न अध्यक्ष केपी ओलीले निर्देशन दिएका छन् ।

त्यस्तै, विशेष जिल्लाअन्तर्गतका १२ सयसम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीनजनाका दरले प्रतिनिधि निर्वाचित गर्न तथा आठ सयमाथि सदस्य रहेको कमिटीमा थप एक÷एक पुरुष र महिला निर्वाचित गर्न अन्तरपार्टी निर्देशनमा भनिएको छ । जिल्ला र विशेष जिल्लाअन्तर्गतका पाँच सयसम्म दलित पार्टी सदस्यमध्येबाट एकजना र त्यसभन्दा माथि सदस्य भएमा थप एक महिला अनिवार्य छनोट गर्न अपानिमा भनिएको छ । 

भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित सातजनाका दरले प्रतिनिधि छनोट गर्न निर्देशन दिइएको छ । एमालेले भारत, अमेरिका (क्यानडासमेत), युरोप, एसिया प्यासिफिक, खाडी र ओसियाना प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा दुई महिलासहित पाँचजनाका दरले ३० जना प्रतिनिधिलाई महाधिवेशनमा सहभागी गराउँदै छ ।

त्यस्तै, २२ वटा जनवर्गीय संगठनमा हरेकमा दुई महिलासहित पाँचजना, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट कम्तीमा दुई महिलासहित पाँचजना प्रतिनिधि एमालेले छनोट गर्दै छ । गत चैत मसान्तसम्म सदस्य रहेकामध्येबाट एमालेका प्रतिनिधि चुनिनेछन् ।

ad
ad
ad
ad