१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७८ कार्तिक १६ मंगलबार १८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बरामद भएका तीन लाख बढी मूल्यका पटका नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार १८:१४:oo

सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको पटका बरामद गरी नष्ट गरेको छ। सिरहाका विभिन्न स्थानबाट रकेट, चक्कर, फुलझरी, खुसार्नी, आलु बमलगायत विभिन्न प्रकारका पटका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल सिरहाका प्रवक्ता डिएसपी योगेश दहालले जानकारी दिए।

लक्ष्मीपुर पतारी गाउँपालिका– ३ महेशपुरमा स २ प ८५५४ र स ७ प ३७५ नम्बरको मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको अवस्थामा डेढ लाख मूल्यबराबरको पटका बरामद भएको डिएसपी दाहालले बताए।

यस्तै, सशस्त्र प्रहरी बलको टोलीले सिरहा नगरपालिका– १८ बाट १० हजार, औरही गाउँपालिका–१ दरैहियाबाट २० हजार, लहान नगरपालिका–१ बाट ३५ हजार, भगवानपुर गाउँपालिका–४ बााट ७० हजार र सिरहा नगरपालिका– १६ मार्डरबाट २० हजार गरी करिब तीन लाख बढीको पटका बरामद गरी नष्ट गरिएको उनले जानकारी दिए।
 

ad
ad
ad
ad