मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक १५ सोमबार १७:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेतृत्व यही अवस्थामा रहे कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने दिन आउँछ : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार १७:२१:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा कांग्रेस कमजोर भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले नेतृत्वका कारण पार्टी कमजोर भएको बताएका हुन्।

‘नेतृत्वले अलोकतान्त्रिक काम गर्दा पार्टीले अहिलेको दुर्दशा भोग्नुपरेको छ। लोकतान्त्रिक पार्टीभित्र नै अलोकतान्त्रिक गतिविधि भइरहेको छ,’ उनले भने, ‘कांग्रेस कमजोर हँदा कम्युनिस्टहरूले मौका पाए। तर, उनीहरूले पाएको मौकामा देश बिगार्नतिर लागे। संविधानमाथि निरन्तर प्रहार गरे।’

नेता सिंहले संविधान र लोकतन्त्र जोगाउनको लागि कांग्रेस नेतृत्वको सरकार बनेको बताए। यही अपेक्षा कायम राख्न  वर्तमान सरकारले जनताको भावना र इच्छाअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो।

१३औँ महाधिवेशन भएको दुई महिनाभित्रमा गठन हुनुपर्ने विभागहरू त्यसअनुसार गठन हुन नसक्दा महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्व असफल भएको उनको आरोप छ। वर्तमान नेतृत्व सुरुदेखि नै विधि विधानविपरीतको गतिविधिमा लागि परेको उनको दाबी छ। 

उनले पार्टीको विधानअनुसार काम गर्न नसक्दा अझै पनि महाधिवेशन हुनेमा कार्यकर्ताहरूले आंशका व्यक्त गरिरहेको टिप्पणीसमेत गरे। उनले यही अवस्था रहिरहे भविष्यमा कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउने र कांग्रेस प्रजा परिषद्को बाटोमा जाने भन्दै चिन्तासमेत व्यक्त गरेका छन्।