१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार १४:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आवश्यकता हेरेर न्यायालयको समस्या समाधानमा कांग्रेस अघि बढ्छ : नेता सिटौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १४:२८:oo

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले न्यायपालिकाको समस्या समाधानका लागि आवश्यक परे कांग्रेस अघि सर्ने बताएका छन्।  कांग्रेस तारकेश्वर नगर समितिले काठमाडौंको मनमैजुमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले यस्तो बताएका हुन्। 

कार्यक्रममा उनले कांग्रेसले मुलुकमा देखिएका जुनसुकै समस्याको पनि समाधान दिन सक्ने भन्दै न्यायालयको झगडामा पनि आवश्यक परे कांग्रेस समाधान दिन अघि बढ्ने बताए। ‘न्यायपालिकाको कचिंगल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि नै प्रहार गर्ने चिन्ता बढेको छ, देश हाँक्ने कांग्रेसले नै हो, पद्धति ल्याएको पनि हामीले नै हो, देशमा जुनसुकै समस्यामा समाधान दिने हामी नै हो, परिआए न्यायालयको समस्याको समाधानमा कांग्रेस अघि सर्छ, कांग्रेससँग समग्र विषयमा समाधान दिन सक्ने तागत छ,’ सिटौलाले भने। 

उनले संविधानले देशको विकासको मोडललाई परिवर्तन गरेको, तर विगतमा कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्दा जनताले केही उपलब्धि नपाएको भन्दै ‘संविधानले के दियो ?’ भन्ने प्रश्न जनताबाट उठ्न थालेकोसमेत बताए। नेता सिटौलाले वर्तमान सरकारले संविधानले दिएका विषय अंगाल्न नसक्दा सरकार परिवर्तन भएको भन्दै वर्तमान सरकारको काम परिवर्तनलाई परिमार्जन गरेर जनतामुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए। 

पार्टी महाधिवेशनको मुखमा रहेको भन्दै सिटौलाले पार्टी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता–कार्यकर्ताहरूलाई आग्रह पनि गरे। उनले भने, ‘हामी महाधिवेशनको क्रममा छौँ। पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक प्रयोग गर्नुस्, कसैसँग दब्नुपर्दैन, प्रतिस्पर्धाको परिणाम सबैले स्विकार्नुस्, त्यसो हुँदा पार्टी बलियो हुन्छ।’ 

कार्यक्रममा पूर्वरक्षामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानले निर्वाचनपछिको परिणाम स्वीकार नगर्दा विगतमा कांग्रेस कमजोर बनेको भन्दै आगामी महाधिवेशनपछि सो प्रवृत्तिको अन्त्य गरिनुपर्ने धारणा राखे। 

ad
ad