Skip This
नीति तथा कार्यक्रमले संविधान कार्यान्वयनमा जाेड दिएकाे छ : सांसद शर्मा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १३:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रमले संविधान कार्यान्वयनमा जाेड दिएकाे छ : सांसद शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १३:४८:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन, अर्थतन्त्रको सुधार, पुनरुत्थान, रोजगारी सिर्जनालाई जोड दिएको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्थालाई बदल्दै राष्ट्र, राष्ट्रियता, समृद्धि, सुशासनको मार्गमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएको बताए। 

भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई संस्थागत गर्दै विकास निर्माणलाई गति दिनेतर्फ सरकारको नीति तथा कार्यक्रम लक्षित रहेको उनको भनाइ छ। देशको समृद्धि र विकासका लागि राष्ट्रिय सहमति एक मात्र विकल्प देखापरेको भन्दै उनले राष्ट्रका सामु उत्पपन्न चुनौती सहमति र एकताबाट मात्र सम्भव भएको बताए। 

‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयनको अवस्था गम्भीर बन्दै गएकाले सबैले गम्भीरतापूर्वक सोचौँ, राजनीतिक दलहरूप्रति जनताका प्रश्न, आक्रोशलाई बेलैमा मनन गरौँ। सरकारले ल्याएको नीति तथा कार्यक्रमले विशेष गरी संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार, उत्पादन र उत्पादकत्वलाई जोड दिएको छ,’ उनले भने।

संसद्को अवरोध अन्त्य हुन नसक्दा संसदीय कार्यभार पूरा गर्न कठिन भइरहेको बताउँदै यसबाट राष्ट्रमा थप संकट र जनतामा असन्तोष बढ्दै जाने भएकाले संसद्को अतिरोध अन्त्य गर्न दलका नेता र सांसदहरूले आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न आग्रह गरे। 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा पूर्ण समर्थन रहेको बताए। 

ad
ad
ad
ad