Skip This
बजेट संसदबाटै ल्याउने गरी सहमति हुन्छ : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १३:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बजेट संसदबाटै ल्याउने गरी सहमति हुन्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १३:३५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गत्यावरोध अन्त्यका लागि बैठक सञ्चालन गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव ०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले आजै बिहान कांग्रेस सभापति शेरबहादुर देउवानिवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु। आज नभए भोलिसम्म बजेट संसदबाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ।’

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

ad
ad
ad
ad