१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १४ आइतबार १४:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इजलास बहिष्कार गर्ने न्यायाधीशहरूको विरोधमा सडकनाटक (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १४ आइतबार १४:५४:००

सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै कलाकारहरूको एक समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायपालिकामा गुटबन्दी सिर्जना भएको भन्दै उनीहरूले सडकनाटक प्रस्तुत गरेका हुन्।

उनीहरूले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरूसमेत प्रदर्शन गरेका थिए। उनीहरूले ‘न्यायमूर्तिका रूपमा स्थापित सम्माननीय न्यायाधीशहरूलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?,’ हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला, तर न्यायपालिका होइन’, ‘न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर’, ‘न्यायाधीशज्यूहरूबाट गरिएको हडतालले न्यायमूर्तिको शोभा दिएन’, ‘हामी सेवाग्राही मारमा, न्यायाधीशहरू राजनीति, गुटबन्दी र बार’मालगायतको प्लेकार्ड प्रदर्शन गरेका थिए।