मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १४ आइतबार
  • Saturday, 12 July, 2025
२o७८ कार्तिक १४ आइतबार १२:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा अहिलेको अवस्था सिर्जना भयो : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १४ आइतबार १२:२३:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले न्यायपालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताएका छन्। आइतबार नेपाली कांंग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो आरोप लगाएका हुन्।

अदालतलगायतका निकायमा राजनीतिक नियुक्ति, संविधानको भावनाविपरीत काम गर्दा यस्तो समस्या उत्पन्न भएको उनको भनाइ छ। कार्यक्रममा बोल्दै सिंहले कांग्रेस पार्टीभित्र पनि समस्या बढ्दै गएको बताए। उनले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनुपर्ने अवस्था आएको बताए। पार्टीको नेतृत्वले हेलचेक्य्राइँ र अलोकतान्त्रिक काम गर्दा कांग्रेस इतिहासकै कमजोर अवस्थामा आइपुगेको टिप्पणी सिंहले गरेका हुन्। पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता तथा कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्ने उनको धारणा छ।

‘पार्टीभित्रको समस्या हामीले नउठाए कस्ले उठाउँछ ?, पार्टीको समस्या हामी आफैँ समधान गर्ने हो,’ उनले भने, ‘बाटो बिराउनेलाई बाटो देखाउनुपर्दछ, आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ।’ पार्टीभित्रको बेथिति र विकृति अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उनको धारणा छ। ‘देशमा लोकतन्त्र जोगाउन पनि कांग्रेसमा विधि पद्धति जोगाउन जरुरी रहेको नेता सिंहको भनाइ छ। नेता सिंहले नेतृत्वलाई अलमल पार्ने गरी पार्टीभित्र विकृतिहरू बढेको बताएका छन्। उनले १३औँ महाधिवेशनपछि कांग्रेस इतिहासको कमजोर अवस्था आइपुगेको बताए। अहिलेकै अवस्था कायम रहे राष्ट्रिय सभाको चुनावमा भाग लिनबाट पार्टी वञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ छ। ‘विवाद मिलाउनुपर्नेमा नेतृत्वले त्यसो गर्न सकेन, केही व्यक्तिले आफ्नो पक्षमा मत लिन धाँधली गरे,’ उनले भने, ‘सदस्याता वितरणमा केही पुराना कांग्रेसीहरूलाई अन्याय भएको छ।’