मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १४ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक १४ आइतबार o८:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हाई अल्टिच्युट हेभी वेटको उपाधि चट्टानलाई  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १४ आइतबार o८:o६:oo

हाई अल्टिच्युट राष्ट्रिय रेस्लिङ प्रतियोगिताको हेभी वेटतर्फको उपाधि चट्टानले हात पारेका छन् । दोलखा सदरमुकाम चरिकोटस्थित भ्युटावर खेलमैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टानले उपाधि हात पारेका हुन् । 

नुवाकोटे टाइगरलाई हराउँदै नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे । बेल्टसहित उनले एक लाख ५० हजार रुपैयाँ हात पार्न सफल भएका छन् ।बागमती प्रदेश सरकारअन्तर्गतको खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघले रेस्लिङको आयोजना गरेको हो । प्रतियोगितामा लाइट वेट म्याचको उपाधि सिजे वल्र्डले हात पारेका छन् ।

उनले उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रूपमा विजेता बने । उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरेको नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । श्रेष्ठका अनुसार लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बनेका छन् ।

साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बनेका छन् भने उनले एक लाख २० हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ । रोयल ब्याटल म्याचमा साइन विजेता बनेर उनले ४५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।प्रतियोगितामा विजयी खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले पुरस्कार वितरण गरेका थिए ।