१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १३ शनिबार
  • Friday, 04 July, 2025
रासस
२o७८ कार्तिक १३ शनिबार १८:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लन्डनमा प्रधानमन्त्री देउवासँग बेलायतका सांसदहरूको भेटवार्ता  

Read Time : < 1 मिनेट
रासस
नयाँ पत्रिका
२o७८ कार्तिक १३ शनिबार १८:५८:oo

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सांसद स्वराज पल, सांसद शेख र लेडी शेखले शिष्टाचार भेटवार्ता गरेका छन्। लन्डनस्थित नेपाली राजदूतावासमा शनिबार भएको भेटमा उनीहरूले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए। 


द्विपक्षीय सम्बन्धका जानकार उनीहरूले सम्बन्ध सुदृढ गर्न आफूहरूको सबै प्रकारको सहयोग सदभाव रहिरहने विश्वास दिलाएका छन्। उनीहरू बेलायतको संसदमा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन् । 

भेटमा प्रधानमन्त्री देउवाले बेलायत सरकारले नेपाललाई गर्दै आएको सहयोगको सराहना गरे। भेटमा नेपालका तर्फबाट वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्रसचिव पौड्याल, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, नेपालका कार्यबाहक राजदूत रोशन खनाललगायत थिए। 


नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्रड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा शुक्रबार राति लन्डन पुगेका हुन्। देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार लन्डनमै रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।