Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक ११ बिहीबार १८:११:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

२ करोड ६० लाखमा भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

Read Time : > 1 मिनेट
२०७८ कार्तिक ११ बिहीबार १८:११:००

२ करोड ६० लाखको लागतमा जिल्लाकै पुरानो सरकारी अस्पताल भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । दैनिक दुई सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमतासहितको प्लान्ट स्थापना गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिए । वायुमण्डलमा रहेको हावाबाट अक्सिजन उत्पादन गर्ने प्लान्टको बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले उद्घाटन गरे । 

प्लान्ट सञ्चालनसँगै अस्पतालमा अक्सिजन अभावको समस्या समाधान हुनुका साथै अक्सिजन भर्नका लागि सिलिन्डर जिल्लाबाहिर पठाउनुपर्ने र अक्सिजनको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा. शकुन्तला गुप्ताले बताइन् । पिडी इन्जिनियरिङ प्रालिको प्राविधिक संयोजन, टर्कीमा निर्मित प्लान्टले उत्पादित अक्सिजन सीधै बिरामीको बेडसम्म पाइप लाइनमार्फत र सिलिन्डरमा भरेर भण्डारण गर्न पनि सकिने प्रालिका प्रबन्ध निर्देशक धर्म पौडेलले बताए । 

अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री थारूले बिरामीको उपचारको सहजताका लागि र अक्सिजन अभावको समस्या प्लान्ट सञ्चालन भएसँगै समाधान भएको बताए । 

प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले अक्सिजन प्लान्ट स्थापना हुनु यस क्षेत्रका नागरिकको लागि खुसीको कुरा भएको बताइन् । १९९० सालमा १५ शययाको अस्पतालबाट सुरु भएको भीम अस्पतालले त्यसपछि २५ शैया हुँदै अहिले ५० शय्याको अस्पतालको रूपमा रहेको अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले बताए  । 

५० शय्याको अस्पताल भए पनि अहिले भीम अस्पतालबाट एक सय २० शय्याभन्दा बढी राखी उपचार गर्दै आएको छ । रुपन्देही जिल्लाको नमुना अस्पतालको रूपमा अघि बढाउने उद्देश्यका साथ १७ करोडको लगानीमा अत्याधुनिक प्रसूति गृह, बिरामी कुरुवाका लागि ५० सिटको प्रतीक्षालय, अत्याधुनिक अस्पताल भवनलगायतका भौतिक संरचनाको स्तर उन्नतिमा लागिपरेको बताए । 

बिहीबारदेखि सञ्चालनमा आएको प्लान्टले हाम्रो अक्सिजनको दैनिक माग पूरा गरे पनि माहमारीको समयमा अक्सिजनको माग बढेको समयमा यसले राहत हुने अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीले बताए ।