१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Thursday, 04 July, 2024
२o७८ कार्तिक ११ बिहीबार o६:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इंग्ल्यान्ड आठ विकेटले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार o६:३३:oo

पूर्वविजेता इंग्ल्यान्डले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर १२ को समूह १ मा लगातार दोस्रो खेलमा जित निकालेको छ । अबुधाबी रंगशालामा बुधबार इंग्ल्यान्डले बंगलादेशलाई आठ विकेटले हराएको छ । यसअघि इंग्ल्यान्डले वेस्ट इन्डिजलाई पहिलो खेलमा पराजित गरेको थियो । समूह १ मा बंगलादेशको पहिलो हार हो । पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २४ रनको झिनो योगफल खडा ग¥यो । प्रत्युत्तरमा इंग्ल्यान्डले १४.१ ओभरमा दुई विकेट गुमाएर एक सय २६ रन बनायो । 

इंग्ल्यान्डको जितमा ओपनर जासन रोयले अर्धशतकीय योगदान दिएका थिए । उनले ३८ बलमा पाँच चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ६१ रन बटुले । जासनले ओपनर जोस बटलरसँग पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरे । बटलरले समान एक चौका र छक्का प्रहार गरी १८ रन जोडे । जासनले डेविड मालानबीच दोस्रो विकेटबीच ७३ रनको बलियो साझेदारी भयो । मालानले २५ बलमा २८ रन बटुले । 

यसअघिको ब्याटिङमा बंगलादेशले मिल्स र लिआम लिभिन्स्टोनका घातक बलिङ सामना गर्न सकेनन् । मिल्सले २७ रन खर्चेर तीन तथा लिआमले १५ रन खर्चंदै दुई विकेट लिँदा बंगलादेशको ब्याटिङ धर्मराएको थियो । बंगलादेशका लागि मुसफिकर रहिमले मात्र सर्वाधिक २९ रनको योगदान दिए । उनले तीन चौका प्रहार गरे । बंगलादेशको शीर्ष तीन ब्याट्सम्यान केवल २६ रनमा गुमेको थियो । सो इनिङ्समा नरुल हसनले १६ रन, मेहदी हसनले ११ रन तथा नुसम अहमेदले १९ रन बटुलेका थिए । 

पाकिस्तानद्वारा न्युजिल्याण्ड पराजित 
प्रतियोगिताअन्तर्गत समूह २ मा पाकिस्तानले न्युजिल्यान्डलाई पाँच विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले आठ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तानले १८.४ ओभरमा एक सय ३५ रन जोड्दै लगातार दोस्रो जित निकाल्यो । पाकिस्तानको जितमा ओपनर मोहमद रिजवानले सर्वाधिक ३३ रनको योगदान दिए । यसैगरी भेट्रान ब्याट्सम्यान सोएब मलिकले २० बलमा २६ रन तथा असिफ अलीले १२ बलमा तीन छक्का र एक चौकाको मद्दतमा २७ रन जोड्दा पाकिस्तानको जित पक्का भयो ।  यसअघिको न्युजिल्यान्डविरुद्ध ह्यारिस साउफले २२ रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सले २५ रन, डेभोन कान्वेले २७ रन तथा डायल मिचेलले २७ रनको योगदान दिए । 

ad
ad
ad
ad