मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक १० बुधबार
  • Wednesday, 02 September, 2026
२o७८ कार्तिक १० बुधबार १४:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १० बुधबार १४:४४:oo

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन्। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै शाक्यले बैठकमै राजीनामा दिएकी हुन्। शाक्यले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

२ भदौमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिएपछि बहुमत दलको आधारमा शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्। २७ भदौमा १३ जना सांसदले नेकपा (एकीकृत समाजवाद) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन्। उनले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रक्रियाअन्तर्गत मत विभाजन हुने तय भए पनि सम्बोधनलगत्तै राजीनामा दिएर विश्वाको मत फेस गर्नबाट पछि हटेकी हुन्।

शाक्यको राजीनामालगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।