१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Monday, 01 July, 2024
२o७८ कार्तिक ८ सोमबार १८:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्छ : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार १८:o४:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रप्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेद्वारा लिखित पुस्तकको सन्दर्भमा आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् । 

नेपाल–भारत सीमा समस्या रहेको उल्लेख गर्दै प्रचण्डले सीमा समस्यालाई संवादको माध्यमबाट समाधान गर्न सकिने बताए । उनले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्याएमा भारतसँग मित्रता हुने पनि बताए ।

नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्याई सहयोग गर्ने प्रक्रियाको सुरुवात गरेमा दुई देशबीचको सम्बन्ध सुदृढ हुने उनले बताए । उनले भने, ‘यदि नेपालको नेसनल इन्ट्रेस्टमा भारतले बाधा होइन, सहयोग पुर्याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ । नेपालमा जुनसुकै सिस्टम होस् नेपालको सिस्टमले भारतको नेसनल इन्ट्रेस्टलाई बाधा पुर्याएको छैन बरु त्योसँग सहयोगी हुन मद्दत गरेको छ भने नेपालसँग भारतको पनि राम्रो सम्बन्ध हुन्छ । एक अर्काको नेसनल इन्ट्रेस्ट सर्भ गर्याे, एक अर्कालाई मद्दत गर्यो  भने त्यहीँनिर सम्बन्धहरू सुदृढ भएर जान्छन् । नेपालको नेसनल इन्ट्रेस्ट र भारतको नेसनल इन्ट्रेस्टलाई एक अर्काले सम्मान गर्ने, सहयोग गर्ने प्रक्रियाको सुरुवात गरियो भने दुनियाँको कुनै पनि तागतले हाम्रो सम्बन्ध सुदृढ हुन रोक्न सक्दैन । हामी सबै त्यतैतिर लागौँ ।’

उनले नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले सम्भव भएको पनि बताए । भारतको सकारात्मक धारण नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहानाले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उनको भनाइ छ । उनले भने, ‘एउटा के कुरा सत्य हो भने सबैको सहयोग नभईकन त यो शान्ति सम्झौता भएको होइन । हुन त कतिपय शक्तिकेन्द्रहरू यो शान्ति सम्झौता हुनै नपाओस् भनेर अन्तिम समयसम्म पनि बल गरेको पनि हामीलाई थाहा छ । तर पनि नेपालका राजनीतिक शक्तिहरू, लोकतान्त्रिक राजनीतिक शक्तिहरू र हाम्रा छिमेकीहरू यो प्रक्रिया अगाडि आओस् भन्ने सहयोगको भावना नभएको भए पनि हामीले माओवादीले चाहेर मात्रै पनि यो ठाउँमा आउन सकिँदैनथ्यो त्यो कुरा पनि म सिन्सियर्ली राख्न चाहन्छु । त्यो माओवादीले मात्रै चाहेर या त्यति वेला सात राजनीतिक दलले चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो । हाम्रा छिमेकीहरूको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपर्थ्र्यो, भयो । त्यसकारण हामी अहिले यहाँ छौँ ।’

प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजी झुठो भएको पनि बताए । माओवादी जनयुद्धलाई भारतको कुनै पनि प्रकारको सहयोग नरहेको उनले स्पष्ट पारे । 

ad
ad
ad
ad