१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Wednesday, 26 June, 2024
२o७८ कार्तिक ८ सोमबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

न्यायाधीशले बहिष्कार गर्ने भएपछि फुलकोर्ट बैठक अनिश्चित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार ११:३५:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि बोलाएको (फुलकोर्ट) बैठक अनिश्चित बनेको छ। सर्वोच्च अदालतका १४ न्यायाधीशले पूर्ण बैठक (फुलकोर्ट) बैठक बहिष्कार गर्ने घोषणा गरेपछि बैठक बस्नेमै अन्याेल देखिएको हो।

यसबारे थप निर्णय लिन न्यायाधीशहररू इजलास बस्ने समयमा छलफलमा जुटेका छन्। नेपाल बार एसोसिएसनका प्रतिनिधि र प्रधानन्यायाधीशबीच आइतबार भएको भेटपछि प्रधानन्यायाधीश राणाले आजका लागि फुलकोर्ट बैठक बोलाएका थिए। बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी हुन प्रधानन्यायाधीशले आमन्त्रण गरेक थिए।

प्रधानन्यायाधीश जबराले फुलकोर्टमार्फत पछिल्लो समय देखिएका समस्या समाधानबारे आवश्यक निर्णय गरिने बारका पदाधिकारीसँग  प्रतिबद्धता जनाएका थिए। तर, न्यायाधीशहरूले प्रधानन्यायाधीशले एजेन्डामा छलफलै नगरी बैठक आह्वान गरेको भन्दै बैठक बहिष्कारको घोषणा गरेका छन्।

ad
ad
ad
ad