१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ६ शनिबार १३:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले वडा अधिवेशनको ओलीद्वारा भर्चुअल उद्‍घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ६ शनिबार १३:०६:००

नेकपा एमालेको वडा अधिवेशन आजबाट सुरु भएको छ । देशभरका वडामा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा उद्‍घाटन गरे । उनले भर्चुअल रूपमा सम्बोधन गर्दै अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

वर्षात्काे मारमा परेकाहरूलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिए । अध्यक्ष ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दाबीसमेत गरे। उनले उन्नतस्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरू सम्पन्न हुने विश्वाससमेत व्यक्त गरे । उनले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिए ।  आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कार्तिकमा पालिका अधिवेशन हुने कार्यसूची छ । बाढी, पहिरो प्रभावित जिल्लाको वडा अधिवेशन भनेपछि हुनेछ ।