१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी
२o८१ बैशाख २४ सोमबार १२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेता अब्दुल हमिदको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:४१:oo

अमेरिकी सेनाले गरेको ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेता अब्दुल हमिद अल–मतारको मृत्यु भएको छ। अमेरिकी सेनाका एक अधिकारीले शुक्रबार राति एक वक्तव्य जारी गर्दे ड्रोन हमलामा अल मतारको मृत्यु भएको जानकारी दिएका हुन्। ती अधिकारीका अनुसार सिरियामा गरिएको सो हमलामा एमक्यू–९ जहाजको प्रयोग गरिएको थियो ।

उक्त हमलाले अमेरिकी नागरिक र अमेरिकाका मित्रशक्तिमाथि धाबा बोल्ने आतंकवादी संगठनहरूको आक्रमणका भावी योजना बिथोलिएको पनि ती अधिकारीले दाबी गरेका छन् । 
‘अल–कायदाले निरन्तर रूपमा अमेरिकालाई चेतावनी दिइरहेको छ। अलकायदाले सिरियालाई आफ्नो संगठन निर्माण र विस्तार गर्नका लागि सिरियालाई प्रयोग गर्दै आएको छ ।’, अमेरिकी सेनाका मेजर जोन रिग्सबीलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ। 

दक्षिण सिरियामा रहेको अमेरिकी सेनाको चौकीमा आक्रमण भएको दुई दिनपछि अमेरिकी सेनाले ड्रोन हमला गरेको हो । विद्रोही समूहद्वारा नियन्त्रित सिरियाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने इद्लिब सहरमा अमेरिकाले गत सेप्टेम्बरमा पनि आक्रमण गरेको थियो । सो आक्रमणमा अलकायदाका अर्का वरिष्ठ नेता सलिम अबु–अहमदको मृत्यु भएको थियो । 
इदलिब सहरको अधिकांश क्षेत्र र अलेप्पो सहरका आसपासका क्षेत्रहरू अलकायदासँग नजिक रहेको भनिएको सशस्त्र समूह हायात ताहिर अलसामको कब्जामा छन् । 

सन् २०११ देखि जारी युद्धका कारण सिरियामा हालसम्म करिब पाँच लाखभन्दा बढीको मृत्यु भइसकेको छ। 

ad
ad