मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ६ शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ६ शनिबार o६:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मैत्रीपूर्ण खेलमा नेपाल पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ६ शनिबार o६:o३:oo

नेपाली यू–२३ राष्ट्रिय टोली शुक्रबार इन्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण फुटबल प्रतियोगितामा २–० ले पराजित भएको छ । ताजिकिस्तानमा नेपाली राष्ट्रिय टोलीले एएफसी यू–२३ एसियन कप छनोटको तयारीका लागि इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । 

नेपालले पहिलो हाफमा इन्डोनेसियालाई गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा नेपालले इन्डोनेसियालाई रोक्न सकेन । खेलको ५५औँ मिनेटमा नेपाल १–० ले पछि प¥यो । इन्डोनेसियाका हसिन साधराले अग्रता गोल गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित भयो ।

इन्डोनेसियाका लागि विजयी गोल विटेन सुलेमानले गरेका हुन् । एसियन कप छनोटमा नेपालले इरान, लेबनान र आयोजक ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा नेपाली खेलाडी एक महिनादेखि प्रशिक्षणमा छन् । प्रशिक्षक महर्जनले गत साता माल्दिभ्समा सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल च्याम्पियनसिपमा सहभागी ६ खेलाडीलाई यू–२३ टोलीमा समावेश गरेका छन् । 

एएफसी यू–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदै छ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र ३१ अक्टोबरमा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । एएफसीले छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ ।  

प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा हुनेछ । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोटबाट घर फर्केको थियो ।

प्रतियोगिताको पाँचाैँ संस्करणमा आइपुग्दा इराक, जापान, उज्वेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साबिक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेतासमेत रहेको थियो ।