मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ कार्तिक ४ बिहीबार ०९:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ४ बिहीबार ०९:३८:००

डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । डोटीको जोरायल गाउँपालिकाका घाइते १५ वर्षीय बालक पुस्कर कामीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको छ ।

कामीको बिहीबार बिहान मृत्यु भएको जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहोराले जानकारी दिइन् ।