१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३ बुधबार १४:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीको वडा र पालिका अधिवेशन एकैपटक गर्ने निर्देशनप्रति उपाध्यक्ष शाक्य असन्तुष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १४:४७:oo

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वडा अधिवेशन र पालिका अधिवेशन देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छिन्। बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले असन्तुष्टि जनाएकी हुन्।

बागमती प्रदेशको मुख्यमन्त्रीसमेत रहेकी शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहाल्ने र नेतृत्वमा जोसुकै आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको स्पष्ट पारेकी छिन्।

‘वडा अधिवेशन भनेको हाम्रो टेक्ने धरातल हो। हाम्रो पाइला कस्तो ठाउँमा राख्ने ? कहाँ राख्दा बलियो हुन्छ ? भन्ने कुराहरू सोच्ने वेला आएको छ। त्यसैले पालिका र वडा अधिवेशन यो सामान्य हो, केही पनि होइन र हतार–हतारमा गरिहालौँ, जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा मचाहिँ छैन। किन भन्दाखेरि यो हाम्रो टेक्ने धरातल भएको हुनाले यहाँभित्र समूहगत स्वार्थ छिर्न दिनुहुँदैन,’ उपाध्यक्ष शाक्यले भनिन्।