मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक ३ बुधबार १o:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले अभिभावक भएको आभास दिलाउने समय अहिले नै हो : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १o:२o:oo

नेपाली कांग्रेसका नेता गगन थापाले विपद्को समयमा सरकारले अभिभावक भएको आभास दिलाउनुपर्ने बताएका छन्।

केही दिनदेखिको वर्षाका कारण सुदूरपश्चिमलगायत देशका कैयौँ ठाउँमा बाढीपहिरोले जनजीवन अस्तव्यस्त भएको  सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

‘यो वेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने। प्रधानमन्त्रीज्यू आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्, दु:खमा समानुभूतिको महसुस गराउनुहोस्,’ उनले भनेका छन्।