१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Saturday, 05 July, 2025
२o७८ असोज २८ बिहीबार १९:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दबाबमा परेर राष्ट्र हितविपरीत काम गर्दिनँ : सभामुख सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार १९:o८:oo

सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाबमा परेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने बताएका छन्। सिन्धुपाल्चोकको बलेफीमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतार चढावजस्ता संकट बेहोर्नुपरेको चर्चा गर्दै ती सबैबाट क्रमशः पार पाउँदै गएको उल्लेख गरे ।

फरक प्रसंगमा नयाँ पुस्ताको उत्साह र जाँगरलाई खेर जान दिन नहुने भन्दै उनले उनीहरूलाई राष्ट्र निर्माणमा सहभागी हुन उत्साहित गराउनुपर्नेमा जोड दिए ।