मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Monday, 14 July, 2025
२o७८ असोज २८ बिहीबार १९:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली भन्छन्- सरकार कसरी चलेको छ भन्ने प्रस्ट छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार १९:o२:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डलले पूर्णता पाउन तीन महिना लागेको विषयमा गठबन्धनको आलोचना गरेका छन्। दसैँ, तिहार, छठ र नेपाल संवतको अवसरमा बिहीबार झापामा आयोजित कार्यक्रममा ओलीले प्रधानन्यायधीशलाई 'कोटा' छुट्याइएको भन्ने विषयतर्फ इंगित गर्दै मन्त्रिमण्डल विस्तारमा सट्टापट्टा भएको आरोप लगाए।

‘तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ। सरकार कसरी चलिरहेको छ भन्ने प्रस्टै छ। अरू केके भएको छ, त्योचाहिँ देखिन बाँकी छ, ‘पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने। ‘अर्ली इलेक्सन’को सम्भावनासमेत रहेको दाबी गर्दै उनले स्थानीय तहको सरकारलाई तीव्र गतिमा विकासका कार्यलाई अघि बढाउन आग्रह गरे । आफ्नो नेतृत्वको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको उनको दाबी छ।

जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कुप्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।