मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Monday, 14 July, 2025
२o७८ असोज २५ सोमबार ११:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुकुमबासी समस्या दिगो रूपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार ११:५६:oo

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुमबासी समस्या दिगो रूपमा समाधान गर्नुपर्ने बताएका छन्। सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले वास्तविक सुकुमबासीहरूको पहिचान गरी उनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने प्रतिक्रिया दिएका हुन्।
 
उनले भने, ‘सुकुमबासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो।’ आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुमबासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने सुझाब दिए। उनले थपे, ‘वास्तविक सुकुमबासी पहिचान गरौँ। तितरबितर पार्नु समस्याको समाधान होइन।’
 
फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने टिप्पणी गरे। प्रतिगमनविरुद्ध संघर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उनको भनाइ थियो। उनले भने, ‘गठबन्धनको मात्रै होइन, लोकतन्त्रमा व्यवस्थापिकाले कार्यकाल पूरा गरेन भने त्यसले राम्रो सन्देश दिँदैन।’