१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २२ शुक्रबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २२ शुक्रबार १५:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले चार मन्त्रीको नाम टुंगो लगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २२ शुक्रबार १५:१३:oo

नेपाली कांग्रेसले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारका लागि नयाँ बन्ने मन्त्रीको नाम टुंगो लगाएका हुन्।

रक्षामन्त्रीमा मीनेन्द्र रिजाल, कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा दिलेन्द्रप्रसाद बडू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा उमा रेग्मी र खानेपानीमन्त्रीमा उमाकान्त चौधरीलाई पठाउन लागिएको हो। ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेर सञ्चारमन्त्री बनाउने कांग्रेसको तयारी छ।

आजै मन्त्रीमा नियुक्त गरेर अपराह्न ४ बजे शपथ खुवाउन लागिएको छ।  मन्त्रीको जिम्मेवारी पाउन लागेका रिजाल र बडू पौडेल पक्षबाट मन्त्री बन्न लागेका हुन् भने चौधरी नेता कृष्ण सिटौला समूहबाट मन्त्री छनोट भएका हुन्।

रक्षामन्त्रीमा नियुक्त हुन लागेका रिजालले आफूलाई रक्षामन्त्रीको शपथका लागि बोलाइएको नयाँ पत्रिकालाई जानकारी दिए। ‘मलाई रक्षामन्त्रीको जिम्मेवारीमा शपथका लागि बोलाइएको छ,’ उनले भने।