Skip This
प्रतिनिधिसभा बैठक : एमालेको अवरोधबीच दुई विधेयक फिर्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २२ शुक्रबार
  • Monday, 15 September, 2025
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २२ शुक्रबार १३:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक : एमालेको अवरोधबीच दुई विधेयक फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २२ शुक्रबार १३:३८:oo

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभा बैठक सुरु भएको छ। संसद् बैठक सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी गरिरहेका छन्।

अवरोधबीच सभामुख अग्नि सापकोटाले संसद् बैठकलाई अगाडि बढाएका हुन्। बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय निजामती सेवा विधेयक र रेल्वे सेवा विधेयक फिर्ता  लिएको जानकारी दिएका छन्। 

१९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको मन्त्री कार्कीले संसद्लाई जानकारी गराएका हुन्। विधेयक फिर्ताको प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विरोध गरेका थिए।

सभामुख सापकोटाले विधेयक बहुमतले फिर्ता लिने प्रस्ताव स्वीकृत भएको घोषणा गरेका छन्। योसँगै आजको प्रतिनिधिसभाको बैठक सकिएको छ। सभामुख सापकोटाले सभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजे बस्ने जानकारी गराएका छन्।