मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ असोज २१ बिहीबार १४:२४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतमा घटेन कोरोना संक्रमण, एकै दिन करिब ४० हजार संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार १४:२४:oo

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ। पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन्।  सरकारी प्रयासका बाबजुत यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३९ हजार आठ सय ५१ जनामा एकै दिनमा संक्रमण भएको छ। बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ। यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण एक सय ४३ जनाको मृत्यु भएको छ।

बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३७ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजारजना अझै पनि अस्पतालमै उपचाररत रहेका छन्।

यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ। रासस