मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २० बुधबार
  • Friday, 14 August, 2026
२o७८ असोज २० बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २० बुधबार ११:४४:oo

लुम्बिनी प्रदेश सरकारले आज नयाँ बजेट प्रस्तुत गर्ने भएको छ। एमाले नेता शंकर पोखरेल नेतृत्वको तत्कालीन सरकारले ल्याएको बजेटलाई संशोधन गर्दै गठबन्धनको सरकारले नयाँ बजेट ल्याउन लागेको हो। बजेटमा केही नयाँ कार्यक्रम ल्याइएको छ। 

प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले आर्थिक वर्ष ०७८/७९ को प्रदेश सरकारको बजेट प्रदेश सभा बैठकमा पेस गर्न स्वीकृत प्रदान गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बजेटबारे आवश्यक निर्णय गर्दै सदनमा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षताा बसेको मन्त्रिपरिषद्ले प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको मुख्यन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए।

पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाखबराबरको बजेट ल्याएको थियो। प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दै छ।