१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २० बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २० बुधबार ११:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रकाशमान सिंहको प्रश्न– गणेशमानको परिवारले सधैँ त्याग मात्रै गर्नुपर्ने ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २० बुधबार ११:३२:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताएका छन्। काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिंहले १३औँ महाधिवेशनपछि कमजोर हातमा नेतृत्व गएको बताएका हुन्।

‘१३औँ महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो। परिणामस्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ। १४औँ महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प छैन,’ उनले भने। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहे कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउनेतर्फ सचेत गराए।

उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको दाबीसमेत गरेका थिए। उनले यसबारे आफूले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत अब सभापतिमा उम्मेदवारी घोषणा नगर्न सुझाएको बताएका थिए। ‘मैले दुवै नेतालाई भनिसकेको छु,’ सिंहले भने, ‘काठमाडौंको भएकै कारण सभापति बन्न नपाउने ? गणेशमानको छोरा हुँदैमा सभापति बन्न पाइँदैन ? सभापति बन्न नहुने उहाँहरूले कारण देखाइदिनुपर्‍याे। गणेशमानको परिवारले सधैँ त्यागमात्र गर्नुपर्ने ?’