१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २० बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २० बुधबार o६:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इपिएल : खेल रद्द भएपछि काठमाडौं प्लेअफमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २० बुधबार o६:३१:oo

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत मंगलबार हुने भनिएको काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ । वर्षाका कारण खेल स्थगित भएसँगै काठमाडौं चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ । यो नतिजासँगै साविक विजेता ललितपुर प्याट्रियट्स बाहिरिएको छ । अब काठमाडौंले तेस्रो स्थानको पोखरा राइनोजसँग दोस्रो क्वालिफायर चरणमा प्रतिस्पर्धा गर्नेछ । 

खेल स्थगित भएसँगै काठमाडौं र भैरहवाले समान एक अंक बाँडेका हुन् । इपिएलको क्वालिफायरमा शीर्ष स्थानको चितवन टाइगर्स र दोस्रो स्थानको भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । सोमबार राति भारी वर्षासँगै त्रिवि क्रिकेट मैदानको आउट फिल्ड भिजेको थियो । ११ः४५ सम्म पनि मैदानमा खेल्न नमिलेपछि अम्पायरले काठमाडौं र भैरहवाबीचको खेल स्थगित भएको घोषणा गर्दै अंक प्रदान गरे । 

सोमबार राति भारी वर्षासँगै त्रिवि क्रिकेट मैदानको आउट फिल्ड भिजेको थियो । ११:४५ सम्म पनि मैदानमा खेल्न नमिलेपछि अम्पायरले काठमाडौं र भैरहवाबीचको खेल स्थगित भएको घोषणा गर्दै अंक प्रदान गरे ।

खेल रद्द हुनुअघि अम्पायरद्वय राम यादव र विनय झाले भैरहवाका कप्तान शरद भेषावकर, प्रशिक्षक पुबुदु दसानायके र काठमाडौंका कप्तान सन्दीप लामिछानेसँग निकैबेर छलफल गरेका थिए । यो खेल गत साता वर्षाकै कारण स्थगित भइसकेको थियो । इपिएल नियम अनुसार दोस्रोपटक पनि बर्षाले खेल स्थगित भएपछि दुवै टोलीलाई अंक बाँडिएको हो । चितवन ५ खेलमा चारमा जित र एकमा हार व्यहोर्दै शीर्ष स्थानमा रह्यो । 

भैरहवा सात अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । पोखरा तीन जित र एक हारसहित सात अंकका साथ तेस्रो स्थानमा छ । भैरहवाले सात अंक जोड्न दुई जित निकालेको छ । समान अंक भए पनि प्रतियोगितामा भैरहवाले नेट रनरेटमा पोखरालाई पछि पारेको हो । यसै कारण पोखरा तेस्रो स्थानमा पुगेको हो । 

भैरहवाले दुई र पोखराले तीन खेलमा जित निकालेका थिए । लिगमा भैरहवा अपराजित रहे पनि एलिमिनेटर खेल्नुपरेको हो । भैरहवाले पोखरासँग वर्षाको कारण अंक बाँडेको थियो । अर्को खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको थियो । काठमाडौं एक जित र तीन हारका साथ तीन अंकसहित चौथो स्थानमा रह्यो । ललितपुरले चौथो स्थानमा रही इपिएल समाप्त गर्दा तीन अंकमै सीमित भयो । 

समान अंक भएपछि काठमाडौं नेट रनरेटको कारण एलिमिनेटर खेल खेलेको हो । पहिलो क्वालिफायर बुधबार ९:३० मा हुनेछ । बुधबार नै एलिमिनेटर हुनेछ । एलिमिनेटर १:३० मा हुने छ । दोस्रो क्वालिफायर बिहीबार र फाइनल शनिबार हुनेछ ।

 

ad
ad
ad
ad