मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Friday, 14 August, 2026
२o७८ असोज १९ मंगलबार १४:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलिप्रथा रोक्न माग गर्दै सिराहामा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १४:३१:oo

दसैँलगायतका चाडपर्वमा हुने पशु बलि रोक्न दबाब दिने उद्देश्यले सिराहामा प्रदर्शन भएको छ। बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरूले सदरमुकाम सिराहामा प्रदर्शन गरेका हुन्।

सिराहा क्याम्पसबाट पूर्ण ब्रह्म कवीर उपासक समाज शाखा कार्यालय मिर्चैयाको अगुवाइमा सदरमुकाम सिराहामा प्रदर्शन गरिएको हो। समाजका संयोजक हरिगोविन्द दासले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति आफूहरूले दबाबस्वरूप र्‍याली निकालेको बताए।

बद्ढो भ्रूणहत्या रोक्नुपर्ने, जातिप्रथा र छुवाछुतको अन्त हुनुपर्नेमा आफूहरूको जोड रहेको संयोजक दासले बताए। सिराहा क्याम्पसपरिसरबाट निस्किएको जुलुसले सदरमुकामको विभिन्न चोकको परिक्रमा गरेको थियो।

समाजले आज नै रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । जिल्लामा रगत अभाव कम गर्न आयोजना गरिएको कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन्।