१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १९ मंगलबार १२:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १२:१९:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। प्रधानन्यायाधीश जबराले दिउँसो १ बजेपछिका लागि बैठक बोलाएकाे सर्वोच्चले जनाएको छ। 

सर्वोच्चका अनुसार दसैँ बिदाको अवधिमा मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरूको नाम तय गर्नेलगायतका विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो। सर्वोच्चमा दसैँ बिदाको समयमा पनि बन्दी प्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ हुने गर्दछ। यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास रहिआएको छ।